छानबिन समितिलाई मद्दत गर्न राजीनामा दिएको हुँ: शर्मा
काठमाडाैं | असार २२, २०७९
काठमाण्डौँ: अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट स्पष्ट पारेका छन् । संसद बैठकमा राजीनामा दिएको घोषणापछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन् । उनले आफूले बजेट निर्माण गर्दा कुनैपनि गल्ती नगरेको दोहोर्याउँदै प्रश्न उठेको विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत गर्ने बताए ।
उनले स्थापित मूल्य, मान्यता, विधि,पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण गरेको उल्लेख गरे । उनले भने,‘ मैले केही गल्ती गरेको छैन । जे विषय उठेको छ । त्यो विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत पुगोस् भनेर मैले राजीनामा दिएको छु । छानबिन हुन्छ, छानबिनले ल्याएका कुराहरु जनतासमक्ष आउँछ । सत्यतथ्य जनतासमक्ष आउँछ । मैले गरेको आत्मविश्वास के हो भन्ने कुरा त्यतिबेला प्रष्ट हुन्छ ।
छानबिन समितिलाई सजिलो पार्न छानबिनलाई मद्दत गर्न, सत्यतथ्य संसदसमक्ष ल्याउनका लागि मैले राजीनामा दिएको हो । मैले बजेट निर्माण गर्दा कुनैपनि गल्ती गरेको छैन । स्थापित मूल्य, विधि, पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण भएको छ । जुन किसिमले विषय उठाइएको छ, त्यसले आम जनतामा भ्रम परेको छ । भ्रम निवारण छानबिनबाट हुनेछ ।’
अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनैतिक काम भयो भनेर जनतामा भ्रम सिर्जना गर्ने काम भएकाले छानबिन पछि जनतामा भएको भ्रम हट्ने विश्वास व्यक्त गरे । प्रतिनिधिसभामा सम्बोधन गर्दै शर्माले बुधबार राजीनामाको घोषणा गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

